नेपालको संविधान, २०७२ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी र स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिइएकोमा सो बाहेकका कार्यसम्पादन तथा जिल्लास्तरीय शिक्षाको समन्वय गर्ने प्रयोजनका लागि साविकको जिल्ला शिक्षा कार्यालयलाई नेपाल सरकार मन्त्रीपरिषद्को २०७४।१२।२७ को निर्णयानुसार शिक्षा विकास तथा समन्वय एकाइ स्थापना भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको च.न. ५३, मिति २०८३।०४।२१ गतेको पत्रानुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०८३/०८४, च.नं. १०, मिति २०८३/४/११ को पत्र बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/३/३२ को निर्णयानुसार स्वीकृत भएको सङ्गठन संरचना र दरबन्दी तेरिज साथै राष्ट्रिय किताबखाना (निजामती) को प.सं. २०८३/०८४, च.नं. १५, मिति २०८३/४/२० को पद दर्ता सम्बन्धी पत्रानुसार यस शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुपाल्चोकको सङ्गठन संरचना, दरबन्दी तेरिज र कार्यविवरण स्वीकृती भएसँगै यस निकाय शिक्षा विकास तथा समन्वय एकाइको रुपमा नामाकरण भएको छ। साविकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका कतिपय कार्यहरु तथा शिक्षा तथा खेलकुद मन्त्रालयको कार्यादेश र कार्यविवरणका आधारमा यस एकाइले कार्यसम्पादन गर्दै सेवाहरु उपलब्ध गराउँदछ।

बाग्मती प्रदेश अन्तर्गत रहेको हिमाल देखी पहाड सम्म फैलिएको नेपालको ७७ जिल्लामध्येको एक जिल्ला हो । नेपालको राजधानी काठमाडौंबाट उत्तर पूर्वको दिशामा करिब ८६ किलोमिटर दुरीमा यो जिल्लाको सदरमुकाम अवस्थित छ

यस जिल्लाको जम्मा क्षेत्रफल २५४२ वर्ग किलोमिटर रहेको छ। जुन नेपालको कूल भुभागको १. ७३ % भुभाग हो । बाग्मती प्रदेशको सबैभन्दा ठुलो जिल्ला सिन्धुपाल्चोक विश्वमान चित्रमा २७° २७' देखी २८°१३' उत्तरी अक्षांश र ८५°२७'देखी ८६°०६' पूर्वी देशान्तर सम्म फैलिएको छ । जिल्लाको पूर्व पश्चिम औसत चौडाई ४९.३८ किलोमिटर छ भने उत्तर दक्षिण औसत लम्बाई ५३.०६ किलोमिटर रहेको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजार हो । जुन समुद्र सतह देखी १४१८ मिटर उचाईमा पर्दछ ।

सिन्धुपाल्चोक जिल्लाको पूर्वी सिमानामा दोलखा जिल्ला र चिनको स्वशासित क्षेत्र तिब्बतको न्याल्याम जिल्ला पर्दछ । पश्चिम सिमानामा नुवाकोट र रसुवा जिल्ला पर्दछ। उत्तरी सिमाना रसुवा र चिनको स्वशासित तिब्बत पर्नुको साथै दक्षिण सिमानामा काभ्रे , रामेछाप , काठमाडौं जिल्ला सँग जोडिएको छ। जिल्लामा वि.स.२०७३ साल फाल्गुन २७ भन्दा अघी २ नगरपालिका र ६७ गा.वि.स.हरु थिए । नेपालको नयाँ सविधान,२०७२ पश्चात राज्य पुर्न संरचनाको क्रममा मिती वि.स.२०७३ फाल्गुन २७ गते नेपाल सरकारले राजपत्रमा प्रकाशित सूचनामा साविकको नगरपालिका र गा.वि. स.हरुलाई समायोजन गराई ३ नगरपालिका र ९ गाँउपालिका बनाईएको हो।

सिन्धुपाल्चोक जिल्लामा रहेका स्थानीय तहहरुः

१) चौतारा साँगाचोक गढी नगरपालिका

२) बाह्रबिसे नगरपालिका

३) मेलम्ची नगरपालिका

४) जुगल गाँउपालिका

५) भोटेकोशी गाँउपालिका

६) बलेफी गाँउपालिका

७) लिसंखुपाखर गाँउपालिका

८) त्रीपूरासुन्दरी गाँउपालिका

९) सुनकोशी गाँउपालिका

१०) ईन्द्रवती गाँउपालिका

११) हेलम्बु गाँउपालिका

१२) पाँच पोखरी थाङ्पाल गाँउपालिका

पद अनुसारको कार्यविवरण

शिक्षा विकास तथा समन्वय एकाइ

एकाइ प्रमुख (उपसचिव/शाखा अधिकृत) : शिक्षा विकास तथा समन्वय एकाइ

१) सङ्घीय शिक्षा कानुन, नीति, तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपको प्रबोधीकरण र कार्यान्वयन गर्ने कार्य;

२) सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग शिक्षा सम्बन्धी कामहरूमा समन्वय गर्ने कार्य;

३) शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा, र अवकाश व्यवस्थापन गर्ने कार्य;

४) निवृत्त शिक्षकहरूको निवृत्तिभरण (पेन्सन) र उपदान सम्बन्धी कामको सहजीकरण गर्ने कार्य;

५) माध्यमिक शिक्षा परीक्षा (SEE) लगायतका जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने कार्य;

६) शैक्षिक प्रमाणपत्रहरूमा नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने कार्य;

७) विपन्न लक्षित छात्रवृत्ति र द्वन्द्वपीडित छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा वितरण गर्ने कार्य;

८) विद्यालयहरूको शैक्षिक गुणस्तर, पाठ्यपुस्तक उपलब्धता, र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने कार्य;

९) जिल्ला भित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूको विवरण सङ्कलन गरी एकीकृत तथ्याङ्क व्यवस्थापन (IEMIS) मा अद्यावधिक गर्ने कार्य;

१०) विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य;

११) शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेका अन्य कार्य।

नोटः एकाइको संगठन संरचना अनुसार उल्लेखित शाखाहरुको कार्यविवरणमा एकाइ प्रमुखले आवश्यकताअनुसार जनशक्ति परिचालन गरी कार्यविवरण प्रदान गर्न सक्नेछ।

शाखा/एकाइ/फाँटहरुको कार्यविवरण

१.१ योजना तथा कार्यक्रम शाखा :

यो शाखा जिल्ला भित्रका शैक्षिक योजना तर्जुमा, बजेट कार्यान्वयन, तथ्याङ्क व्यवस्थापन र छात्रवृत्ति समन्वयमा केन्द्रित रहन्छ।

१) जिल्ला स्तरीय शैक्षिक योजना (DEPI) र कार्यक्रमहरू तयार गर्न स्थानीय तहहरूलाई प्राविधिक सहयोग गर्ने कार्य;

२) जिल्ला भरका विद्यालयहरूको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) को तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र अद्यावधिक गर्ने कार्य;

३) विपन्न लक्षित छात्रवृत्ति (PMS), द्वन्द्वपीडित, अपाङ्गता भएका र दलित विद्यार्थीका लागि प्राप्त हुने सङ्घीय छात्रवृत्ति कार्यक्रमको छनोट र वितरण समन्वय गर्ने कार्य;

४) सङ्घीय र प्रादेशिक रोयल्टी वा सशर्त अनुदानबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको भौतिक एवं वित्तीय प्रगति अनुगमन गर्ने कार्य;

५) विद्यालय भवन, प्रयोगशाला, र पुस्तकालय निर्माण सम्बन्धी योजनाहरूको विवरण सङ्कलन र माथिल्लो निकायमा सिफारिस गर्ने कार्य;

६) शैक्षिक कार्यक्रमहरूको मासिक, त्रैमासिक र वार्षिक प्रगति प्रतिवेदन तयार गरी शिक्षा विभागमा पठाउने कार्य।

१.२ विद्यालय प्रशासन शाखा :

यो शाखा शिक्षकहरूको सेवा शर्त, अभिलेख व्यवस्थापन, र विद्यालय प्रशासन सम्बन्धी कानुनी एवं प्रशासनिक कार्यका लागि जिम्मेवार हुन्छ।

१) एकाइ र एकाइमा कार्यरत कर्मचारीको दैनिक प्रशासनिक कार्य;

२) शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा, र पदस्थापनाको जिल्ला स्तरीय अभिलेख (सिटरोल) अद्यावधिक राख्ने कार्य;

३) सेवानिवृत्त शिक्षकहरूको पेन्सन पट्टा (निवृत्तिभरण अधिकारपत्र) र उपदान सम्बन्धी कागजात तयार गरी राष्ट्रिय कलेजियम वा शिक्षक किताबखानामा सिफारिस गर्ने कार्य;

४) शिक्षकहरूको असाधारण बिदा, अध्ययन बिदा स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र नियम विपरीत काम गर्ने शिक्षकमाथि विभागीय कारबाहीको सिफारिस गर्ने कार्य;

५) शिक्षक तथा कर्मचारीहरूले बुझाउने वार्षिक सम्पत्ति विवरण (Property Details) सङ्कलन र व्यवस्थापन गर्ने कार्य;

६) शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फारम सङ्कलन, दर्ता र शिक्षक सेवा आयोग (TSC) मा पठाउने कार्य गर्ने कार्य;

७) दरबन्दी मिलान, शिक्षक आवश्यकता पहिचान, र विद्यालय अनुमति/स्वीकृति सम्बन्धी कार्यमा स्थानीय तहलाई नीतिगत परामर्श दिने कार्य।

१.३ परीक्षा शाखा:

यो शाखा जिल्ला भित्र सञ्चालन हुने राष्ट्रिय तथा क्षेत्रीय स्तरका परीक्षाहरूको गोपनीयता, सुरक्षा र व्यवस्थित सञ्चालनका लागि जिम्मेवार हुन्छ।

१) माध्यमिक शिक्षा परीक्षा (Grade 10 - SEE) को जिल्ला स्तरीय परीक्षा समन्वय समिति (DCC) को सचिवालयको रूपमा गर्ने कार्य;

२) परीक्षा केन्द्रहरू तोक्ने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको नियुक्ति तथा परिचालन गर्ने कार्य;

३) राष्ट्रिय परीक्षा बोर्ड (NEB) बाट प्राप्त प्रश्नपत्रहरूको गोपनीयता कायम राख्ने र उत्तरपुस्तिकाहरू सुरक्षित सङ्कलन गरी तोकिएको केन्द्रमा पठाउने कार्य;

४) विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, मार्कसिट वा लेजरमा देखिएका नाम, थर, जन्ममिति र हिज्जे (Spelling) सच्चाउनका लागि कानुनी प्रमाण जाँच गरी राष्ट्रिय परीक्षा बोर्डमा सिफारिस गर्ने कार्य;

५) हराएका वा नष्ट भएका शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि (Duplicate) निकाल्नका लागि आवश्यक प्रक्रिया र सिफारिस गर्ने कार्य;

६) स्थानीय तहले सञ्चालन गर्ने आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) को प्राविधिक तयारी र कक्षा ११/१२ को परीक्षा सञ्चालनमा समन्वय गर्ने कार्य।

शिक्षा विकास तथा समन्वय एकाइहरू सबै

शिक्षा विकास तथा समन्वय एकाइ (EDCU) सङ्घीय सरकारको जिल्ला स्तरीय संरचना हो, जसले सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय गर्ने काम गर्दछ। प्रमुख कार्यहरूमा विद्यालय शिक्षाको नियमन, शिक्षक व्यवस्थापन, परीक्षा सहजीकरण र छात्रवृत्ति कार्यक्रमको कार्यान्वयन पर्दछन्।

१) सङ्घीय शिक्षा कानुन, नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपको प्रबोधीकरण र कार्यान्वयन गर्ने कार्य;

२) सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग शिक्षा सम्बन्धी कामहरूमा समन्वय गर्ने कार्य;

३) शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा र अवकाश व्यवस्थापन गर्ने कार्य;

४) निवृत्त शिक्षकहरूको निवृत्तिभरण (पेन्सन) र उपदान सम्बन्धी कामको सहजीकरण गर्ने कार्य;

५) माध्यमिक शिक्षा परीक्षा (SEE) लगायतका जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने कार्य;

६) शैक्षिक प्रमाणपत्रहरूमा नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने कार्य;

७) विपन्न लक्षित छात्रवृत्ति र द्वन्द्वपीडित छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा वितरण गर्ने कार्य;

८) विद्यालयहरूको शैक्षिक गुणस्तर, पाठ्यपुस्तक उपलब्धता र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने कार्य;

९) जिल्ला भित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूको विवरण सङ्कलन गरी एकीकृत तथ्याङ्क व्यवस्थापन (IEMIS) मा अद्यावधिक गर्ने कार्य;

१०) विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य;

११) शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेका अन्य कार्य।

शिक्षा नियमावली (दशौँ संशोधन सहित) नियम १६. शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको काम, कर्तव्य र अधिकार :

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको काम, कर्तव्य र अधिकार अन्य कुराको अतिरिक्त देहाय बमोजिम हुनेछ :-

  • जिल्लामा शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने,
  • विद्यालय, प्राविधिक शिक्षालय र शिशु विकास केन्द्र सम्बन्धी अभिलेख तयार गरी प्रत्येक वर्ष केन्द्र र मन्त्रालयमा पठाउने,
  • अनौपचारिक शिक्षा र विशेष शिक्षा कार्यक्रम सञ्चालन गर्ने गराउने र सो सम्बन्धी अभिलेख तयार गरी प्रत्येक वर्ष केन्द्र र मन्त्रालयमा पठाउने,
  • शिक्षाको गुणस्तर बढाउनका लागि प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुको समय समयमा बैठक, गोष्ठी वा तालीमको व्यवस्था गर्ने,
  • आधारभूत तहको अन्तमा लिइने परीक्षा सञ्चालनमा सहजीकरण गर्ने,
  • विद्यालयको अन्तिम परीक्षाको अभिलेख, प्रश्नपत्र र उत्तरपुस्तिका झिकाई जाँच गर्ने, विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि भए नभएको सम्बन्धमा मूल्याङ्कन गरी अभिलेख राख्ने तथा सो सम्बन्धमा सुधारका आवश्यक अन्य काम गर्ने,
  • ऐन तथा यस नियमावली बमोजिम विद्यालय नियमित रूपले सञ्चालन भए नभएको, त्यस्तो विद्यालयमा भौतिक साधन र शिक्षक पर्याप्त भए नभएको, उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग भए नभएको र निर्धारित स्तरबमोजिम पठनपाठन भए नभएको सम्बन्धमा प्रधानाध्यापक, शिक्षक-अभिभावक सङ्घ र शिक्षकसँग विचार विमर्श गरी सो अनुरूप भएको नदेखिएमा सुधार गर्न स्थानीय तहलाई सुझाव दिने,
  • माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको लागि रजिष्ट्रेशन फाराम भरेका विद्यार्थीको नाम, थर, उमेर प्रचलित कानून बमोजिम संशोधन गर्ने,
  • आयोगबाट नियुक्ति वा बढुवाको लागि सिफारिस भई आएका शिक्षकलाई विद्यालयमा नियुक्ति गर्ने,
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नोकरी विवरण तथा अन्य अभिलेख अद्यावधिक गरी राख्ने,
  • आयोगबाट बढुवा सम्बन्धी कारबाही गरिने शिक्षकको मूल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने,
  • विद्यालय र शिशुविकास केन्द्रको निरीक्षण गर्ने गराउने,
  • विद्यालयको निरीक्षण, शिक्षकको तालिम तथा अन्य शैक्षिक क्रियाकलाप गर्ने गराउने,
  • माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा नियमित र मर्यादित ढङ्गबाट सञ्चालन गर्ने गराउने,
  • सामुदायिक विद्यालयको लागि वितरण गरिएका दरबन्दी शैक्षिक सत्रको सुरुमा मिलान गर्ने र मिलान गरिएका शिक्षक दरबन्दी सम्बन्धी विवरण मन्त्रालयमा पठाउने,
  • सामुदायिक विद्यालयको स्थायी शिक्षकको राजीनामा स्वीकृत गर्ने,
  • सरुवा, बढुवा, रमाना, असाधारण र वेतलबी बिदा लगायतका कागजात किताबखानाको अनलाईन प्रणालीमा अध्यावधिक गर्ने,
  • अनलाईन प्रणालीमा प्रमाणित कागजात अपलोड गरी किताबखानाको मुख्य प्रणालीमा सिफेरिस गरी पठाउने,
  • कितावखानाबाट निर्णय भई आए फश्चात सम्बन्धित शिक्षकलाई ई-पेन्सनको अधिकार पत्र उपलब्ध गराउने,
  • निरीक्षकलाई विद्यालय निरीक्षणमा पठाउने र निरीक्षकले विद्यालय निरीक्षण गरे नगरेको यकिन गर्न स्थलगत निरीक्षण गर्ने,
  • विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने,
  • विद्यालयमा लागू गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तकका सम्बन्धमा सुधार गर्नु पर्ने र निःशुल्क पाठ्यपुस्तकको वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा व्यवस्थापन समिति तथा शिक्षकको राय लिई पाठ्यक्रम विकास केन्द्र समक्ष सुझाव पठाउने तथा सो सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने गराउने,
  • जिल्लाको वार्षिक शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रकाशन गर्ने,
  • प्रत्येक दुई महिनामा शैक्षिक योजनाको प्रगति प्रतिवेदन केन्द्रमा पठाउने,
  • सामुदायिक विद्यालयका शिक्षकहरुको तलवी प्रतिवेदन पारित गराउन समन्वय र सहजीकरण गर्ने,
  • विद्यालयको वार्षिक शैक्षिक कार्यक्रमको नियमित रुपमा अनुगमन गरी सो अनुसार गर्ने गराउने,
  • विद्यालय निरीक्षकले दिएको निरीक्षण प्रतिवेदन उपर कारबाही गरी वार्षिक प्रतिवेदन केन्द्रमा पठाउने
  • आयोगबाट निर्देशित वा प्रत्यायोजित कार्य गर्ने गराउने,
  • मन्त्रालय र केन्द्रीय निकायले तोके बमोजिम अन्य काम गर्ने गराउने ।